प्रकाश सपुतले ‘वसन्त’को कमजोरी सच्याउने

गायकबाट नायक बनेका प्रकाश सपुतको निर्देशनमा तयार भएको फिल्म ‘वसन्त’ले बक्स अफिसमा अपेक्षित कमाई गरेन । फिल्मबाट प्रकाशसहित सिंगो फिल्म क्षेत्रले नै आशा राखेपनि बक्स अफिसमा यो फिल्म चिप्लियो ।रिलिजको ११ औं दिनसम्म आइपुग्दा फिल्मको व्यापार १ करोड ७७ लाख ग्रस छ । फिल्मले २ करोड भन्दा माथिको लाइफ टाइम कलेक्शन गर्ने संभावना देखिएको छ…