अभिनेता आर्यन सिग्देलको अभिनय रहने फिल्म ‘सायरा’लाई बलिउडका निर्देशक विशाल देसाईले निर्देशन गर्ने भएका छन्। निर्माता रघु परियार र बलिउड निर्देशक विशालबीच बिहीबार सम्झौता भएको हो। निर्माता परियारले मुम्बई पुगेर निर्देशक विशालसँग सम्झौता गरेका हुन्। निर्माण कम्पनी डिबिआर मिडिया एण्ड मुभिज प्रालीको तर्फबाट सम्झौता गर्दै निर्माता रघुले आउँदो दशैं ताका फिल्म छायांकन हुने बताएका छन्…