नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय प्रधानमन्त्रीको अधिकार भएको बताए। ‘(गृहमन्त्री कसलाई बनाउने) दबाव दिने कुरा भएको छैन, हुनुहुँदैन । यसबारे छुट्टै परामर्श लिन परेन । प्रधानमन्त्रीको कुरा हो’ बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ब्रिफिङ सुनेपछि गुरुङले भने । अब गृहमन्त्री बनाउँदा विकल्प खोज्नुपर्ने अवस्था आएको पनि महासचिव गुरुङ बताउँछन्…