काठमाडौं - सरकार फेरिने चर्चाका बीच प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार गठन हुने घोषणा गरेपछि राजनीति तरंगित भइरहेका बेला मंगलबार ओली र देउवाबीच बालुवाटारमा छलफल भएको हो । ओली र देउवाको निजी सचिवालयले दुई नेताबीत नियमित भेटघाटका रूपमा मंगलबार…