प्यूठान नगरपालिका ५, जुम्रिकाँडा पूर्णगाउँका १२ वर्षीय सुनील खत्री ७ वर्षीया अपांग बहिनी मीनालाई बोकेर दैनिक विद्यालय आउजाउ गर्छन्। ६ महिनाको हुँदा मीनाका दुवै खुट्टा आगोले पोलेपछि अपांग बनेकी थिइन्। विद्यालय पुग्न उकालो बाटोका कारण घस्रेर हिंड्नसमेत नसकेपछि बहिनीलाई बोकेर विद्यालय पुर्याउनुपरेको उनले बताए। घरदेखि एक घण्टा उकालोमा पर्ने पूर्णागाउँ प्राविमा कक्षा ५ मा अध्यनरत…