माइतीघरमा शिक्षकहरुको विरोध प्रदर्शन

अनलाइन टिभी नेपाल काठमाडौं, विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरूले राजधानी काठमाडौं केन्द्रित आन्दोलन सुरू गरेका हुन् । विभिन्न जिल्लाबाट कक्षाकोठा छाडेर काठमाडौं उत्रिएका शिक्षक, विद्यालयका कर्मचारीले सडक आन्दोलन सुरू गरेका हुन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द…