ट्रम्पको धम्कीका बाबजुद न्युयोर्क मेयरमा मम्दानीको ऐतिहासिक जित

काठमाडौं । अमेरिकामा समाजवादी नेताको उदय भएको छ । न्युयोर्क सिटी मेयरमा समाजवादी जोहरान माम्दानीले जित्ने निश्चित भएको छ । ८९ प्रतिशत मतगणना हुँदा माम्दानीले १० लाख १२ हजारभन्दा बढी मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदबार एन्ड्रयु कुमोले आठ लाख ३७ हजार र रिपब्लिकन उम्मेदवार कुर्टिस शिल्वाले एक लाख ४४ हजार मत ल्याएका छन्…