काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहितको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा सुरु भएको छ । उनीहरुविरुद्ध संगठितरूपमा ठगी गरेको विषयमा सुमन खानलसमेतका जाहेरीले नेपाल सरकार वादी भएर मुद्दा चलेको छ । गत बिहीबार कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटी तिरेर छुटेका रवि आज बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए…