काठमाडौं - एक्कासि आएको वर्षापछिको बाढीले बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको डाइभर्सन बगाउँदा १२ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । बाढीले सोमबार राति डाइभर्सन बगाएको हो । तर मंगलबार बिहानसम्म पनि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भएको छैन । बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मंगलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय…