होलीका दिन यस्तो छ काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीको तयारी !

महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ काठमाडौं उपत्यकामा ‘होली विशेष सुरक्षा योजना’ लागू गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै होली विशेष सुरक्षा योजना लागू गरिएको जनाएको हो । सुरक्षा योजनाअनुसार राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच कडा पारिने भएको छ ।…