काठमाडौं । सत्तारुढ कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाबारे प्रकाशित भएको भ्रामक र कपोलकल्पित समाचारप्रति गम्भीर ध्यानाकृष्ट भएको भन्दै विश्वास नगर्न आग्रह गरेको छ । कांग्रेसले बिहीबार विज्ञप्ति जारी गरी कसैको स्वार्थपूर्ति गर्न सभापति देउवाले बोलेको भनेर मिडियामा आएका समाचारबारे आपत्ति जनाएको छ । ‘कसैले क्षणिक स्वार्थपूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनी सञ्चारमाध्यममा…