पूर्वपत्नीलाई मानसिक तनाव दिएको आरोपमा सञ्चारकर्मी जिपी तिमिल्सिना पक्राउ

काठमाडौं । पूर्वपत्नीलाई मानसिक तनाव दिएको आरोपमा सञ्चारकर्मी जिपी तिमिल्सिना पक्राउ परेका छन् । सोमबार भक्तपुर प्रहरीको महिला सेलले मंगलबार उनलाई पक्राउ गरेको हो । महिला सेलले सोमबार पक्राउ पुर्जी जारी गरेएपछि तिमिल्सिना सम्पर्कविहीन भएका थिए । उनीविरुद्ध पूर्व पत्नी उषा खड्गीले भक्तपुर प्रहरीमा अभद्र व्यवहार, धम्की तथा कुटपिटको प्रयाससहितका आरोपसहित सोमबार जाहेरी दिएकी थिइन्…