काठमाडौं। रास्वपा वरिष्ठ नेता वालेन्द्र शाह बालेन नेतृत्वको सरकार निरंकुश बन्दै जान थालेको छ । सरकार बनेको दुई साता नबित्दै व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन थालिएको छ । युट्युबमा प्रधानमन्त्री बालेनलगायतका नेताहरूलाई गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का रोशन पोखरेल पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला…