आफूलाई नयाँ भन्ने रास्वपाका १६३ मध्ये ८३ उम्मेदवार पुरानै पार्टीका, को को हुन् ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई नयाँ र वैकल्पिक शक्ति भन्दै आएको छ । साढे तीन वर्षअघि स्थापना भएको पार्टीले अहिलेसम्म आफ्नो महाधिवेशनसमेत गर्न सकेको छैन । सहकारीलगायत सम्पत्ती शुद्धीकरण विभागमा मुद्दाको चाङ लागेका विवादित व्यक्ति रवि लामिछाने रास्वपाका सभापति रहेका छन् । तीन वर्षअघिको निर्वाचनमा सात प्रत्यक्ष र १४ समानुपातिक गरी २१ सिट जितेको…