काठमाडौं । प्रधानमन्त्री केपी ओलीले वैशाख २५ गते (बिहीबार) सम्म नेपाल राष्ट्र बैंकको गभर्नर हुने कांग्रेस सभापति शेरबहादुर देउवालाई जवाफ दिएका थिए । तर हिजो बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरसम्बन्धी कुनै निर्णय नै गरेन । यससम्बन्धी एजेन्डा नै लगिएको थिएन । एक महिनाभन्दा बढी भइसक्दा पनि गभर्नर नियुक्ति नभएकोमा कांग्रेस नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।…