सूर्य नेपाल प्रालिले शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाका किसानहरूको कृषि उत्पादनलाई बजारीकरण गर्न सहज बनाउन दुई पालिकालाई कृषि एम्बुलेन्स सहयोग गरेको छ। प्रालिले २६ लाख रुपैयाँ मूल्यका एक–एक थान कृषि एम्बुलेन्स प्रत्येक पालिकालाई हस्तान्तरण गरेको हो। प्रालिका मानव संशाधन विभाग प्रमुख अन्जान दुवाडीले एम्बुलेन्सको साँचो शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितलाई हस्तान्तरण गरे। साथै, प्रालिका कारखाना…