‘मलाई अत्यास लागेको छ’ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केही अराजक तत्वका ताण्डवले आफूलाई अत्यास लागेको बताएका छन् । रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएसँगै आजको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूलाई अत्यास लागेको बताएका हुन् । आफूहरु विरुद्ध एउटा हिरोह हात धोएरै लागिरहेको उनको आरोप छ ।…