काठमाडौं– धादिङमा एक व्यवसायीको गाडीमा अपरिचित व्यक्तिले सुटकेश छाडेर हिँडेपछि नेपाली सेनालाई बोलाइएको छ । नीलकण्ड नगरपालिका–३, बीचबजारस्थित आफ्नै घरअगाडि रोकीराखेको बा १६ च ९१९२ नम्बरको गाडीमा अपरिचित व्यक्तिले शंकास्पद सुटकेश छाडेर हिँडेपछि सेनालाई बोलाउनुपर्ने अवस्था आएको हो । उक्त कारको लक गरिएको थिएन। स्थानीयका अनुसार निलो टिसर्ट र खैरो पाइन्ट लगाएको व्यक्ति गाडीको छेउमा…