गाउँ गाउँमा हल खोलिनुपर्ने : अध्यक्ष केसी

सितापाइलास्थित अनुपम मलमा सिके सिनेमाज् नामक फिल्म हल सञ्चालनमा आएको छ । निर्माता तथा हल व्यवसायी नरेन्द्र महर्जनले छविलाल तिमिल्सेना, किशोर खतिवडा र विवेक तिमिल्सेनासँगको सहकार्यमा हल ल्याएका हुन् । हलको बिहीबार साँझ चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसी, काठमाडौँ क्षेत्र नम्बर ८ सांसद विराजभक्त श्रेष्ठ, नागार्जुन नगरपालिकाकी उपमेयर सुशिला अधिकारीलगायतले उद्घाटन गरेका थिए ।…