पूर्वकप्तान सन्दीप लामिछानेको निवेदनमा पाटन उच्च अदालतमा सुनुवाइ सकिएको छ। यसअघि ३ पटक पेशी चढे पनि सुनवाइ हुन नसकेको निवेदनमा बिहीबार सुनुवाइ भएको हो। उनको निवेदनको सुनुवाइ न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा भएको थियो। उनको मुद्दामा अधिवक्ताहरू शम्भु थापा, रमन श्रेष्ठ, कृष्ण भण्डारी, मुरारी सापकोटालगायतले बहस गरेका छन्। सन्दीप नाबालिग बलात्कारको मुद्दामा…