माओवादी स्थायी समितिमा आज प्रचण्ड र जनार्दन पक्ष आमनेसामने हुने

काठमाडौं । माओवादी स्थायी समिति बैठक शुक्रबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा पक्ष आमनेसामने हुँदैछन् । केही समययतादेखि प्रचण्डले शर्मामाथि विभिन्न आरोपप्रत्यारोप गरिरहेका छन् । उनले जनार्दनलाई नेतृत्वविरुद्ध सिंगौरी खेल्न छुट दिएको भन्दै आएका छन् । जनार्दनले सामाजिक सञ्जालबाटै चारबुँदे स्पष्टीकरणसमेत दिएका छन् ।…