काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रक्रिया पेचिलो बन्दै जाँदा प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंको भूमिकामाथि विपक्षी दलहरूले प्रश्न उठाएका छन् । सभामुख पद रिक्त रहेको अवस्थामा प्रदेशसभा सञ्चालनको जिम्मेवारी सम्हालेकी चापागाईंले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको विपक्षी दलहरूको आरोप छ । बैठक पटक–पटक सारिएको र सरकारको अनुकूलतामा समय निर्धारण गरिएको भन्दै…