कोशीको बाढी बस्तीमा पसेपछि सुनसरीको बराहक्षेत्र नगरपालिकाका पाँच सय घर परिवारका २ हजार ५ सय जना श्रीलंका टापुमा फसेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उक्त जानकारी दिएका हुन् । उनले त्यस क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्ने प्रयास भइरहेको बताएका छन् । कतिपयले भने आफूहरु सुरक्षित नै रहेको भनेर त्यहाँबाट आउन नमानेको प्रजिअ यादवले…