पोखरा । विद्युतीय सरकारी खरिद प्रणाली (ई–जिपी) स्थगित गरी हार्डकपीमार्फत ठेक्का प्रक्रिया अघि बढाउन दिइएको निर्देशनप्रति गोरखाका ११ वटै स्थानीय तहले असहमति जनाएका छन् । जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा मगरको संयोजकत्वमा बसेको स्थानीय तहका प्रमुख तथा अध्यक्ष–उपाध्यक्षहरूको बैठकले ई–जिपी प्रणाली तत्काल सुरक्षित र भरपर्दो बनाएर सञ्चालनमा ल्याउन सरकारसँग माग गरेको हो ।…