काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपत्तिको समयमा सरकारले नागरिकलाई सरकारको अनुभूति गराउन नसकेको भन्दै आलोचना गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीको व्यवस्थापनमा सरकार असफल भएको दाबी गरे। उनले सत्ताको अहङ्कार, धम्कीपूर्ण अभिव्यक्ति र आलोचकप्रतिको असहिष्णुता त्याग्न सरकारलाई चेतावनी दिए। राईले भदौ २३ र २४…