‘गुन्यु चोलो’ भदौ १३ गतेबाट रिलिजमा आउने

भदौको १३ गतेबाट फिल्म ‘गुन्यु चोलो’ रिलिजमा आउने भएको छ । नायक नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्मको एक गीत सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो । ‘म फूल हुँ कि काँडा’ बोलको गीत एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।लेखु सहयात्रीको शब्द रचना रहेको गीतमा मनिषा पोखरेलको स्वर, लेखुकै संगीत छ ।…