पाँचौँ सातामा ‘लालीबजार’ : आमा–छोरीको भावुक कथाले दर्शकको मन जित्दै

काठमाडौं - गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ आजदेखि प्रदर्शनको पाँचौँ सातामा प्रवेश गरेको छ। पाँचौँ सातासम्म आइपुग्दा पनि फिल्मले दर्शकको उल्लेखनीय साथ पाइरहेको छ। देशभर ८१ शो प्राप्त गर्दै ‘लालीबजार’ हाल प्रदर्शनरत नेपाली फिल्ममध्ये सबैभन्दा बढी शो पाउने फिल्म बनेको छ। पाँचौँ सातामा पनि प्राप्त भएको यो शो सङ्ख्याले फिल्मप्रति दर्शकको…