काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाअन्तर्गत आइतबार भक्तपुरको गुण्डुस्थित काठमाडौं वर्ल्ड स्कुलमा प्रश्नपत्र आउट भएको विषय हल्ला मात्र भएको बताए । बोर्डले आइतबार दिउँसो विज्ञप्ति जारी गर्दै जिल्ला परीक्षा समन्वय समिति, भक्तपुरका पदाधिकारी एवं जिल्ला प्रशासन कार्यालय, भक्तपुरका प्रमुख जिल्ला अधिकारीज्यू र राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीद्वारा सम्बन्धित परीक्षा केन्द्रमा गई छानबिन…