काठमाडौँ - सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार आफैंले बनाएको दाबी गर्दै चर्चामा आएका ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङ गृहमन्त्री ओमप्रकाश अर्यालमाथि फेरि आक्रामक बनेका छन्। नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै देखिएका गुरुङले गृहमन्त्री अर्याल एमालेजस्तो लाग्न थालेको टिप्पणी गरेका हुन्। उनले भने, “जंगी अड्डादेखि शीतल निवाससम्म संविधानविद्का रूपमा उहाँ हाम्रो…