मुख्यमन्त्री नियुक्ति विवादले मधेशको राजनीतिमा सल्कियो ‘आगो’

काठमाडौं । मुख्यमन्त्री नियुक्तिको विवादले मधेश प्रदेशको राजनीतिमा भाँडभैलो भएको छ । एमाले कोटाबाट नियुक्त भएकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले रातारात एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेर शपथ खुवाएपछि मधेशमा आगो सल्किएको हो । प्रदेश प्रमुख सुवेदीको राजीनामा माग्दै सोमबार उनको कार्यकक्षमा पनि तोडफोड भएको छ । नेपाली कांग्रेस, जनता समाजवादी…