काठमाडौँ सरकारले विपद् व्यवस्थापन उद्धारलगायत मा परिचालन हुने स्वयंसेवकलाई सीपयुक्त बनाउन पाठ्यक्रम निर्माण गर्ने भएको छ। अहिलेसम्म सेना, प्रहरी तथा रेडक्रसले आआफ्नै तरिकाले पाठ्यक्रम तयार गरी स्वयंसेवक तालिम दिँदै आएकामा अब गाउँगाउँमा खटिने विपद् उद्धार स्वयंसेवकलाई दक्ष बनाउन एकीकृत पाठ्यक्रम तर्जुमा गर्न लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका सहसचिव डा…