काठमाडौं। प्रदेश सरकार गठन र नेतृत्वको विषयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच लिखित सहमति भएको छ। शनिबार भएको सहमतिअनुसार दुवै दलले प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्ने निर्णय गरेका हुन्। शनिबार भएको तीनबुँदे सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्। सहमतिपत्रमा पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणका क्रममा देखिएका असमझदारी, बजेटविहीन अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धालाई अन्त्य गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्यले दुवै…