नेपालि युवाको जापानमा किर्तिमान: ३०९ रन बनाए विकास खड्काले

काठमाडौं । जापानमा रहेका नेपाली युवा क्रिकेटर विकास खड्काले जापान क्रिकेट इतिहासमै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर बनाउँदै ऐतिहासिक कीर्तिमान कायम गरेका छन्। जापान क्रिकेट संघद्वारा आयोजित कम्युनिटी कप ४० ओभर लिगअन्तर्गत सम्पन्न खेलमा २० वर्षीय विकासले केवल १२९ बलमा अविजित ३०९ रनको विस्फोटक इनिङ खेले। उनले आफ्नो इनिङमा २५ चौका र २९ छक्का प्रहार गर्दै…