विराटनगर । झापाको जयपुरकी ४३ वर्षीया बालकुमारी आर्थिक अभावका कारण मिर्गौलाको गम्भीर समस्याको उपचार गराउन नसक्ने अवस्थामा थिइन्। यही कठिन परिस्थितिमा जेन्जी आन्दोलनबाट चर्चामा आएकी किशोरी कार्कीले उनलाई विराटनगरस्थित नोबेल अस्पतालसम्म पुर्याएर उपचारको पहिलो ढोका खोलिदिइन्। बालकुमारीलाई अस्पतालसम्म ल्याइए पनि उपचारका लागि आवश्यक ठूलो खर्च जुटाउने चुनौती कायमै थियो। मिर्गौला प्रत्यारोपणजस्तो महँगो र जटिल उपचारका…