काठमाडौं । सरकारले मन्त्रालय तथा निकायहरूको सङ्गठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण सम्पन्न नभएसम्म स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा नयाँ माग नपठाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार साविकका २२ मन्त्रालयलाई घटाएर १८ कायम गरिएपछि गाभिएका, नवगठित मन्त्रालय तथा मातहतका निकायहरूको सङ्गठन संरचना र कर्मचारी दरबन्दी व्यवस्थापनका लागि…