मोरङ। नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद सुनील शर्माले मोरङको सुनझोडा खोलामाथि निर्माण सम्पन्न मोटरेबल पक्की पुल उद्घाटन गरेका छन्। पथरीशनिश्चरे नगरपालिका–२ र उर्लाबारी नगरपालिका–३ लाई जोड्ने करिब ३० मिटर लामो पुल सञ्चालनमा आएपछि स्थानीयवासीको दशकौँदेखिको सास्ती अन्त्य भएको छ। वर्षायाममा खोला तरेर विद्यालय जाने विद्यार्थी, उपचारका लागि अस्पताल पुग्नुपर्ने बिरामी तथा दैनिक आवतजावत गर्ने सर्वसाधारणलाई…