काठमाडौं । नेपाल शिक्षक महासंघले चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीत ‘म्याथ सिक्ने भए…’ तत्काल बन्द गर्न माग गरेको छ। महासंघले शुक्रबार जारी गरेको विज्ञप्तिमा गीतमा प्रयोग गरिएका शब्द र भावले महिला शिक्षक, शिक्षक समुदाय तथा शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको जनाएको छ। विज्ञप्तिमा यस्ता सामग्रीले शिक्षकप्रति समाजमा नकारात्मक सन्देश प्रवाह गर्ने भन्दै आपत्ति जनाइएको…