काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्भवतः सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेका छन् । उनले स्वास्थ्यको कारण देखाउँदै पार्टी कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई तोकेका छन् । नेपाली कांग्रेसको इतिहासमा कार्यवाहक सभापतिको जिम्मेवारी दिइसकेपछि कुनै पनि सभापति फेरि राजनीतिमा फर्किएका छैनन् । त्यसमाथि देउवा त दोस्रो कार्यकाल सभापति भइसकेकाले तेस्रो कार्यकालमा उठ्न…