संसद् बैठकमै निदाए अर्थमन्त्री, रक्षामन्त्री र खेलकुदमन्त्री, प्रधानमन्त्री हेरेको हेरै

काठमाडौं । केही दिनअघि प्रतिनिधिसभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले कुर्सीमै निदाएका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई नमस्कार गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । प्रधानमन्त्री ओली आउँदा पनि मन्त्री सुब्बा भने मस्त निदाइरहेका थिए । प्रधानमन्त्री ओलीले हात जोडेर नमस्कार मन्त्रीज्यू भन्दा पनि उनी नब्युँझेपछि सांसदहरू गलल हाँसेका थिए…