असार १५ : धान रोपाइँ, दही–चिउरा र नेपाली कृषि संस्कृतिको उत्सव

काठमाडौं । असार १५ नेपालमा राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन का रूपमा मनाइन्छ। कृषि, संस्कृति र नेपाली जीवनशैलीसँग गहिरो रूपमा जोडिएको यो दिन किसानहरूको मेहनतको सम्मान गर्ने तथा धान खेतीको महत्त्व उजागर गर्ने अवसरका रूपमा स्थापित छ। नेपाल कृषि प्रधान देश भएकाले असार महिना धान रोपाइँको मुख्य समय मानिन्छ। वर्षायामको सुरुवातसँगै किसानहरू खेतमा…