काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत उपसभापति पदको प्रतिस्पर्धा रोचक बनेको छ। उपसभापति पदमा स्वर्णिम वाग्ले र बिराजभक्त श्रेष्ठ बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। केन्द्रीय सदस्य निर्वाचनमा सर्वाधिक मत प्राप्त गर्दै बलियो जनमत हासिल गरेका स्वर्णिम वाग्ले उपसभापतिका प्रमुख दाबेदारका रूपमा उभिएका छन्। अर्कोतर्फ, पार्टी संगठन निर्माण र नीतिगत बहसमा सक्रिय…