धनगढीका कोरोना भाइरस (कोभिड–१९) संक्रमित युवकको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय युवक र उनका परिवारका सदस्यहरुको पुनः थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । ती युवकको नमुना परीक्षण रिपोर्ट पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख तथा प्रवक्ता डाक्टर जगदिश…