काठमाडौं - आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक भएको पाँच दिनमै चर्चामा आएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत यतिबेला युट्युब, फेसबुक र टिकटकमा दर्शकको रोजाइमा पर्न थालेको हो । विशेषगरी टिकटकमा गीतका विभिन्न टुक्कामा भिडियो बनाउने क्रम बढेको छ । निर्माण पक्षका अनुसार गीत…