Logo

मनोरञ्जन

 दीपकराज भन्छन्, ‘हामीले सिक्न धेरै बाकीं छ’

भारतिय कलाकारहरुले एकसाथ मिलेर बनाएको भिडियोले अहिले निकै चर्चा पाइरहेको छ । बलिउडदेखि दक्षिण भारतिय चलचित्रका स्टारहरुले एकसाथ बनाएको भिडियोलाई धेरैले रुचाएका छन् । भिडियोमा अमिताभ बच्चनदेखि रणवीर कपुरसम्म र साउथका सुपरस्टार रजनीकान्तदेखि चिरञ्जीवीसम्मको अभिनय रहेको छ । यस भिडियोमा कलाकारहरुले कलाकारहरु सबै एक हौँ भन्ने सन्देश दिएका छन् ।

अमेरिकन आइडलको टप २०मा नेपाली दिवेश

नेपाली मूलका युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप २० मा पुगेका छन् ।  आइतबार साँझ एबिसी टेलिभिजनमा प्रसारण गरिएको उनको प्रस्तुतिपछि उनी यो तहमा पुगेका हुन् । आर्थर गन उपनामले चिनिने दिवेश मिल्वाकीमा छानिएका थिए । उनले हवाई राज्यमा भएको २० जना छान्ने प्रतिस्पर्धामा बब मार्ली एन्ड द वेलर्सको ‘इज

कोरोनामुक्त भइन् कनिका

बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण भएको खबरसँग ठूलै हलचल मच्चियो । लखनाऊको एक होटलमा पार्टी दिएकी कनिकाले धेरैलाई कोरोना सारेको धेरैको अनुमान थियो । उनै, कनिका अहिले लखनउको एक अस्पतालमा उपचार गराइरहेकी छिन् । कनिकाको पाँचौ रिपोर्ट पनि पोजेटिभ आएपछि उनका शुभचिन्तक र आफन्त डराएका थिए । तर, डाक्टरले

आफ्नै देश फर्के सरोज खनाल !

अभिनेता सरोज खनाल अमेरिका उडेका छन् । अमेरिकाले आफ्नो नागरिकहरुलाई आफ्नो देश फर्काएको बेला सरोज पनि अमेरिका फर्किएका हुन् । सरोजको परिवार अमेरिकामा नै छन् । अमेरिकाको भर्जिनियामा उनको परिवार बस्दै आएका छन् । सरोज केही समय अगाडि नै अमेरिका जाने तयारीमा थिए । तर, कोरोनाको त्रासका कारण भएको लकडाउनको

पुस्तक नपढ्ने स्वस्तिमा आफ्नो चलचित्र हेर्न सक्दिनन् !

नायिका स्वस्तिमा खड्का पुस्तक पढ्न भने रुचाउँदिनन् । उनलाई पुस्तक पढ्न निकै दिग्दारी लाग्छ । स्वस्तिमा चलचित्र हेर्न रुचाउने नायिकामा पर्छिन् । तर, आफ्नै चलचित्र भने उनले हेर्न सक्दिनन् । होस्टेल रिटर्न्सबाट डेब्यु गरेकी स्वस्तिमाले धेरै चलचित्रमा काम गरिसकेकी छिन् । तर, उनी आफ्नो चलचित्र आफैँ हेरेकी छैनन् । आखिर

साम्राज्ञीको प्रतिज्ञा: वर्षमा १ मात्र चलचित्र

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई नम्बर १ नायिकाको रुपमा लिने गरिन्छ । डेब्यु चलचित्र ‘ड्रिम्स’बाट नै चर्चामा आएकी साम्राज्ञीले उक्त चलचित्र पश्चात् धेरै चलचित्रको अफर पाइन् । उक्त चलचित्र पश्चात् साम्राज्ञीले ‘ए मेरो हजुर २’ निकै हिट भयो । तिमी सँग, इन्टु मिन्टु लण्डनमा, मारुनी लगायत चलचित्रले पनि साम्राज्ञीलाई थप उचाई

कोरोनाविरुद्धको राहत कोषमा वर्षाको सहयोग

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले राहत कोष खडा गरेको छ । जसमा नायिका वर्षा सिवाकोटीले एक लाख रुपैयाँ सहयोग गरेकी छिन् । वर्षाले सामाजिक संजालमा एक भिडियो पोष्ट गर्दै आफूले सहयोग गरेको जानकारी दिएकी छिन् । उनले लकडाउनको चपेटामा परी दैनिकी गुजारा गर्न नपाएका व्यक्तिहरुको लागि

प्रधानमन्त्री राहत कोषमा प्रभाषले दिए ४ करोड

कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ । भारत सरकारले पनि कोरोनाको संक्रमणबाट बच्न २१ दिने लकडाउनको घोषणा गरिसकेको छ । कोरोनाविरुद्धको लडाईमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले एक राहत कोष खडा गरेका छन् । जसमा बलिउडका धेरै सेलिब्रेटीहरुले सहयोग गरिरहेका छन् । ‘बाहुबली’ स्टार प्रभाषले प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँ

होम क्वारेनटाइनमा के गर्दैछन् कलाकार ?

कोरोनाको त्रासका कारण अहिले सरकारले पूर्ण नेपाल लकडाउन गरेको छ । कलाकारहरु सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । क्वारेन्टाइनमा बसेका कलाकारहरु केही चलचित्र हेरेर दिन बिताइरहेका छन्, केही पुस्तकमा भुलेका छन् । नायिका रेखा थापा घरमा एक्लै छिन् । आफ्नो सम्पूर्ण काम आफैँ गरिरहेकी छिन् । भाडा माझ्नेदेखि घर सफा गर्नेसम्मको

फ्यानसँगको तस्विरले साम्राज्ञीलाई तनाव !

झण्डै ३ साता अगाडि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह लण्डनमा थिइन् । आफ्नो चलचित्र ‘मारूनी’क प्रदर्शनको लागि निर्मात्री पूनम गौतम सहित उनी लण्डन पुगेकी थिइन् । त्यहीँ लण्डनमा आफ्नो फ्यानसँग खिचेको एक तस्विरले अहिले साम्राज्ञीलाई तनाव दिएको छ । साम्राज्ञीले तस्विर खिचाएकी एक फ्यानलाई कोरोना संक्रमण देखिएको छ । जसका कारण