काठमाडौं महानगरपालिकाले नक्सा पास बिनै बनाएका संरचना भत्काउन सुरू गरेको छ। बुधबार बिहान मेयर बालेन शाह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहित टोलीले काठमाडौंमा मापदण्ड र अनुमति बिना बनाएका संरचनाहरू भत्काएको हो। प्रहरीले संचरना भत्काउनु अगाडिनै पसल खाली गराइसकेको थियो। नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना बनाइएको भन्दै महानगरपालिकले त्यस्ता संरचना धमाधम भत्काइरहेको…