“रास्वपाले सरकार नछोडोस् ” : प्रधानमन्त्री

गठबन्धन जोगाउने पक्षमा आफू लागिपरेको प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। मंगलबार पार्टी पदाधिकारी बैठकबाट बाहिरिने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले आफूहरू सल्लाहमै रहेको बताएका छन्। 'हामी सल्लाह गर्दैछौं। सकेसम्म हाम्रो सहमति नटुटोस् भन्ने छ। त्‍यसका लागि…