काठमाडौं । निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भिडियो सन्देश जारी गर्दै आचारसंहिता उल्लंघन गर्ने कुनै पनि गतिविधि भएमा आयोगलाई तुरुन्तै जानकारी गराउन आयोगलाई आग्रह गरेका छन् । भण्डारीले मौन अवधिमा ुअनधिकृत कामु बढ्ने चर्चा भइरहेकाले आयोग सचेत र सतर्क रहेको बताए।…