काठमाडौं - भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले नेपाल भ्रमणमा आएका छन्। बुधबार बिहान काठमाडौं आइपुगेका उनी शुक्रबार फर्किने कार्यक्रम छ। चौथाईवालेले प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता पक्ष एवं विपक्षी दलका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्रको रूपमा चिनिएका चौथाइवालेको…