प्रधानमन्त्रीसँग सबै मन्त्रीले गरे कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग दुई उपप्रधानमन्त्रीसहित सबै मन्त्रीले कार्यसम्पादन सम्झौता गरेका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा एक वर्षका लागि कार्यसम्पादन सम्झौता भएको हो । मन्त्रीहरूले अबको एक वर्षमा आफूलाई प्रधानमन्त्री कार्यालयले दिएको कामको रिपोर्ट कार्ड पेस गर्नुपर्ने छ । कार्यसम्पादन सम्झौता गर्नेमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल पनि…