कोरोनाबाट २१३ को मृत्यु, विश्‍व स्वास्थ्य संगठनद्वारा संकटकाल घोषणा, पुरै चीनमा फैलियो कोरोना भाइरस, झन्डै १० हजार संक्रमित

बेइजिङ — चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) ले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । बिहीबार जेनेभामा बसेको डब्ल्यूएचओको आपत्‌कालीन बैठकले प्राणघातक कोरोना भाइरसको प्रकोपलाई ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ का रुपमा घोषणा गरेको हो । हुबेई प्रान्तको राजधानी वुहानको अस्पतालमा राखिएका संक्रमितको उपचारमा संल्गन चिकित्सक । तस्बिर : एपी गत…