धनुषाका २३३ परिवारको लालपुर्जा पाउने सपना ११ वर्षपछि पूरा

धनुषा । धनुषाको धनौजी गाउँपालिका–३ का २३३ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। साविक झोझी कटैया गाविसका वडा नम्बर १ देखि ९ सम्मका जग्गाको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापजाँच तथा नक्साङ्कनको काम सकिए पनि आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा स्थानीयवासी…