नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको विधिपूर्वक पूजा गरिँदै

काठमाडौं । नवरात्रको पाँचौँ दिन आज दसैँ घर तथा पूजा कोठामा नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दमाताको पूजा गर्ने धार्मिक परम्परा छ। पौराणिक मान्यताअनुसार स्कन्दमाता देवी पार्वतीको स्वरूप हुन्। स्कन्दका माता भएकाले पार्वतीलाई स्कन्दमाता भनिएको हो। स्कन्दमाताको प्रतिमामा सिंहासनमा विराजमान भई दुवै हातमा कमलको फूल…